काठमाण्डु-नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णाली याक्सले पहिलो जित दर्ता गरेको छ । १३१ रनको लक्ष्य पाएको कर्णालीले ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । कर्णालीका लागि शिखर धवनले ४५, देव खनालले २५, चाडविक वाल्टनले ३० रन र अर्जुन घर्तीले ११ रनको योगदान दिए भने जिसन मक्सुदले १२ रनमा अविजित रहे…