टाइटानिक गायिका सेलिन डियोनको विमान दुर्घटनामा मृत्यु ! के हो वास्तविकता ?


एजेन्सी – चर्चित टाइटानिक गायिका सेलिन डियोनको विमान दुर्घटनामा मृत्यु भएको छ । तर यो रियलमा हो या होइन भन्ने एकिन हुन सकेको छैन ।

अहिले सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ । जसमा चर्चित गायिका सेलिन डियोनको विमान दुर्घटनामा मृत्यु भएको खबर छ । यद्यपि, उक्त खबर मात्रै एउटा हल्ला भएको पत्ता लागेको छ ।

क्यानडेली गायिका डियोनलाई हलिउडको ब्लकबस्ट टाइटेनिकको थीम गीत ‘माइ हर्ट विल गो अन’ का लागि चर्चित छिन् । सोसल मिडियामा भाइरल उक्त भिडियोमा सिएनएन न्यूज च्यानलको लोगो राखिएको छ । क्याप्सनमा लेखिएको छ, ‘क्यानडेली सुपरस्टर एवं गायिका लेजेन्ड सेलिन डियोनको निजी विमान दुर्घटनामा मृत्यु भएको छ ।’ यो खबरलाई उनका फ्यान फलोअर्सले फेसबुकमा पनि सेयर गरिरहेका छन् ।

के हो वास्तविकता ?

सिएनएनको नामबाट यो खबर भाइरल गरिँदैछ जबकी सीएनएनले यस्तो कुनै पनि समाचार प्रकाशित गरेको छैन । उक्त भाइरल भिडियो एडिट गरिएको छ । जुन वेबसाइटले यसलाई अपलोड गरेको त्यसले कुनै विश्वासिलो स्रोतबारे पनि जानकारी दिएको छैन ।

यो वेबसाइटको होमपेज पनि छैन । अन्य कुनै पनि विश्वासिलो न्यूज च्यानलले यो खबर प्रसारण गरेको छैन । डियोन जीवित छिन् र उनले केही घण्टा अघि गरेका ट्वीटहरु देख्न सकिन्छ ट्वीटरमा सक्रिय छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement