यस्तो छ, छक्का पन्जा तिनको ट्रेलर (भिडियाे सहित)


काठमाडौं – सुपरहिट फिल्म छक्का पन्जा सिरिजको तेस्रो संस्करण छक्का पन्जा–३ को टे«लर सार्वजनिक गरिएको छ ।

दीपाश्री निरौला निर्दे्शित फिल्मको शनिबार राजधानीमा प्रेसमिट गरी ट्रेलर देखाइनुका साथै प्रदर्शन मिति तोकिएको हो । पहिले दसैँका कुनै पनि दिन रिलिज हुने बताइँदै आइएको भए पनि अन्ततः छक्का पन्जा–३ घटस्थापनाको दिन अर्थात् २४ असोजमा प्रदर्शन हुने भएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका प्रमुख अभिनेता तथा निर्माता दीपकराज गिरीले तेस्रो संस्करण अझ धेरै अब्बल बनेको दाबी गरे । उनले यसपटक पनि आफ्नो फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । निर्देशक निरौलाले विगतका फिल्मभन्दा तेस्रो संस्करण अझ राम्रो बनाएकाले दर्शकको मन जित्ने बताइन् ।

भिडियाे

 

प्रतिक्रिया दिनुहोस
Advertisement