‘छक्का पन्जा ३’ ले दुई दिनमै दुई करोड कमाउन सफल


काठमडौं – बुधबारदेखि रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले बम्पर दुई दिनमै दुई करोड भन्दा बढी कमाइ गरेको छ । चलचित्रले रिलिजको पहिलो दिन वुधबार १ करोड ३० लाखको कलेक्शन गरेको निर्माणपक्षले बताएको छ ।

रिलिजको दोश्रो दिन बिहिबार पनि चलचित्रको व्यापार राम्रो छ । दोश्रो दिन चलचित्रले ८० लाख माथिको व्यापार गरेको चलचित्रकी निर्देशक दीपाश्री निरौलाले जानकारी दिएकी छिन् । दुई दिनमा चलचित्र २ करोड कलेक्शन गर्न सफल भएको छ ।

चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । मल्टिप्लेक्समा भोलीका आजैदेखि आक्रामक बुकिङ सुरु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement