प्रदेश नं ७ का मुख्यमन्त्री भन्छन् ‘यो चौकीदारलाई सफल पार्नका लागि तपाईंहरुले पनि साथ दिनुपर्दछ’

प्रदेश नं ७ का मुख्यमन्त्री भन्छन् ‘यो चौकीदारलाई सफल पार्नका लागि तपाईंहरुले पनि साथ दिनुपर्दछ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली- प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो कार्यकालमा राम्रा कार्यको थालनी गर्ने बताएका छन्।

सुदूरपश्चिमेली नेपाली समाज– भारत समितिको प्रथम महाधिवेशन बुधबार शुभारम्भ गर्दै उनले आफ्नो कार्यकालमा धेरै काम गर्न नसकिए तापनि रोजगारीका लागि भारत जाने बेराजगार नेपाली युवाको जमातलाई स्वेदेशमै रोजगारीको व्यवस्थापन गर्न आवश्यक कदम चाल्ने बताएका हुन् ।

देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनका लागि स्वदेशमै श्रम र मिहेनत गर्नुपर्नेमा जोड दिंदै मुख्यमन्त्री भट्टले प्रदेश नं ७ लाई सफल बनाउन प्रवासी नेपालीको पनि अहम भूमिका रहने चर्चा गरे । प्रवासी नेपालीसंग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउदै मुख्यमन्त्री भने, ‘यो चौकीदारलाई सफल पार्नका लागि तपाईंहरुले पनि साथ दिनुपर्दछ र साथको लागि आग्रह गर्दछु ।’