चीनका पूर्व इन्टरपोल प्रमुखलाई १३ वर्ष जेल सजाय


एजेन्सी – घुस लिएको र सरकारी पदको दुरुपयोग गरेको आरोपमा चीनका पूर्व इन्टरपोल प्रमुख मेङ हङवेइलाई अदालतले १३ वर्ष जेल सजाय तोकेको छ । चीनको एक अदालतले मेङलाई साढे १३ वर्ष जेल सजाय र २ मिलियन युआन जरिवाना तोकेको हो ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल फ्रान्सका अनुसार मेङले २०१८ को अन्त्यतिर अध्यक्ष पदबाट राजीनामा दिएका थिए । त्यसको केही दिनपछि उनकी श्रीमतीले चीनको यात्राका क्रममा मेङ हराएको रिपोर्ट गरेकी थिइन् ।

गत जुलाईको अन्त्यमा दोष स्विकारेका मेङले टियान्जिनको उत्तर सहरस्थित अदालतमा फैसलाका विरुद्ध अपिल नगर्ने बताएको अनलाइन विज्ञप्तीलाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।

गत मार्चमा सत्तारुढ कम्युनिष्ट पार्टीले गरेको अनुसन्धानबाट मेङले राज्य कोषको ठूलो रकम खर्च गरेको, पदको दुरुपयोग गरेको र पार्टीको निर्णय मान्न अस्वीकार गरेको भेटिएको थियो ।

मेङले साढे १४ मिलियन युआनभन्दा बढी घुस रकम लिएको र २००५ देखि २०१७ सम्म सार्वजनिक सुरक्षा मन्त्रालयमा कार्यरत भइ पदको दुरुपयोग गरेको अदालतको ठहर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement