सगरमाथाको आधार शिविरमा चिनद्धारा फाईभजी नेटवर्क विस्तार


वेइजिङ- चीनले संसारकै अग्लो हिमाल सगरमाथामा फाइभजी मोबाइल नेटवर्क पुर्याएको छ । चीनतर्फको सगरमाथा आधार शिविरमा चिनियां मोबाइल कम्प्नी चाइना मोबाइल र हुवावेले संयुक्त रुपमा फाइभजी नेटवर्क विस्तार गरेका हुन् ।

चिनियां समाचारपत्र ग्लोबल टाइम्सकाअनुसार फाइभजी नेटवर्क विस्तारका लागी १० लाख अमेरिकी डलर खर्च भएको छ । फाइभजी नेटवर्कको परीक्षण गति डाउनलोडमा ७०० एमबिपिएस र अपलोडमा २२३ एमबिपिएस रहेको छ।

योसंगै संसारकै अग्लो ठाउँमा फाइभजी विस्तार भएको छ। चाइना मोबाइलले उक्त क्षेत्रमा दुई वटा स्टेशन राखेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement