चिनियाँ प्रधानमन्त्री यसवर्ष जापान जाने


बेइजिङ– चिनियाँ प्रधानमन्त्री लि खछ्याङले यस वर्षको मध्यतिर जापानको भ्रमण गर्ने भएका छन् । चीन–जापान संयुक्त बैठकका लागि उनी जापान जान लागेका हुन् ।

‘जापानी प्रधानमन्त्री सिन्जो आबेले मलाई केही विशेष अवसरमा सहभागिताका लागि आमन्त्रण गर्नुभएको छ त्यसैले यसै वर्षको मध्यतिर म जापान जानेछु, उनले भने ।

त्यस समयमा दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने पनि उनले जानकारी दिए । तर, त्यस अवसरमा हुनसक्ने अरु केही सहयोग आदानप्रदान तथा सम्झौताका विषयमा भने उनले थप खुलाएनन् ।

मङ्गलबार चिनियाँ राजधानी बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएका हुन् । “यो भ्रमण दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउन सफल हुनेछ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement