आफ्ना नागरीक अमेरिकाले पक्राउ गरेपछि बदला लिने चीनको चेतावनी


वेइजिङ – चीनले आफ्ना नागरिकलाई गुप्तचरी गरेको आरोपमा अमेरिकाले पक्राउ गरेको भन्दै त्यसको कडा विरोध गरेको छ । उसले चीनमा रहेका अमेरिकी नागरीकहरुमाथी समेत कार्वाही अघि बढाउने संकेत गरेको छ । अमेरिकाको न्याय विभागले एफबीआईले तीन चिनियां नागरीकलाई पक्राउ गरेको जानकारी दिएसंगै चीनले पनि अमेरिकी नागरीकलाई हिरासतमा लिन सक्ने सम्भावना रहेको वाल स्ट्रिट जनरलले शनिवार जानकारी दिएको छ ।

उक्त पत्रिकाले प्रकाशित गरेको समाचारअनुसार चिनियां अधिकारीहरुले अमेरिकालाई कैयौं च्यानलमार्फत यो सम्बन्धमा जानकारी दिइसकेका छन् । चीनले अमेरिकामा चिनियां नागरीकहरुमाथी चलिरहेको मुद्दा खतम नगरे चीनमा रहेका अमेरिकी नागरिकहरुमाथी चीनको कानुन उल्लंघन गरेको आरोपमा मुद्दा चलाउने तयारी गरेको समाचार पनि उक्त पत्रिकाले लेखेको छ ।

अमेरिकाको विदेश मन्त्रालयले १४ सेप्टेम्बरमा आफ्ना नागरीकलाई चीन यात्रा नगर्न चेतवानी दिइसकेको छ ।

अमेरिकाले चीनमाथी साइबर अभियान चलाएको आरोप लगाउंदै आएको छ भने चीनले अमेरिकी आरोप खारेज गर्दै आएको छ । एफबीआईले पक्राउ गरेका तीन चिनियां नागरीकमाथी भिषा आवेदन दिने वेला चिनियां सेनाको सदस्य रहेको जानकारी लुकाएको आरोप लागेको छ । पछिल्लो महिना मात्र अमेरिकाले एक हजार चिनियां नागरीकको भिषा खारेज गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement