सी जिनपिङ सर्वसम्मत राष्ट्रपतिमा चयन, भ्रष्टाचार विरोधी अभियानका प्रमुख उपराष्ट्रपति बने


काठमाडौं– चिनियां राष्ट्रपति सी जिनपिङ दोस्रो कार्यकालका लागी निर्वाचित भएका छन् । चिनियां संसदले जिन पिङलाई शनिवार सर्वसम्मत रुपमा राष्ट्रपति चयन गरेको छ । नेसनल पिपुल्स कंग्रेसमा उनलाई २९ सय ७० प्रतिनिधिले मतदान गरेका थिए ।

सी केन्द्रीय सैन्य आयोगको प्रमुखमा समेत चुनिएका छन्। उनले शनिवार नै ग्रेट हल अफ द पिपुलमा संविधानप्रति निष्ठा जनाउँदै सार्वजनिक शपथ लिएका छन् । चीन मामलाका जानकारहरुले राष्ट्रपति सी ले यसरी सपथ लिएको पहिलो पटक भएको दावी गरेका छन् । चिनको उपराष्ट्रपतिमा वाङ क्विसान चयन भएका छन् । उनि यसअघि भ्रष्टाचार विरोधी अभियानका प्रमुख थिए । त्यसैगरी तेह्रौँ नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिको अध्यक्षमा भने ली झाङ्सु निर्वाचित भएका छन् ।

चीनमा हालसालै मात्र पार्टीको संविधानमै सी विचारधारा राखिएको थियो भने राष्ट्रपतिको दुई कार्यकालको सीमा हटाएर आजिवन राष्ट्रपति बन्न पाउने व्यवस्था संविधानमा राखिएको थियो । यससंगै उनि चिनमा शक्तिशाली नेता बन्न सफल भएका छन् । चीनमा विकास गरेको र भ्रष्टाचारमा संलग्नलाई कार्वाही गरेको भन्दै उनको लोकप्रियता बढेको चिनियां संचारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement