बसमा चोरी गर्ने ८२ जना रंगेहात पक्राउ


काठमाडौं – महानगरिय प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको विशेष अभियानका क्रममा पकेटमार र चोरी डकैती गर्ने ८२ जना पक्राउ परेका छन् ।

जेठ १ गतेदेखि ३२ गतेसम्म काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनमा पाकेटमारी गर्ने र चोरी गर्ने ८२ जना पक्राउ परेका हुन् ।

परिसरले आइतबार पत्रकार सम्मलेन गरि यसबारे जानकारी दिएको हो । चोरी कार्यमा संलग्नलाई पक्राउ गर्नका लागि प्रहरीले यातायात व्यवसायीसँगको सहकार्यमा सादा पोशाकका प्रहरी परिचालन गरेको थियो ।

सादा पोसाकमा परिचालित प्रहरीले बस तथा माईक्रो बसमा यात्रा गर्ने यात्रुहरुको साथबाट पकेट तथा झोलामा रहेका नगद, मोवाईल, गरगहना चोर्दै गरेको अवस्थामा ७८ पुरुष र ४ महिला पाकेटमारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ८२ जनालाई नै काठमाडौँका विभिन्न ठाउँमा हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement