मोटरसाईकल चोरी गरेको अभियोगमा २ जना पक्राउ


काठमाण्डु- महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गरेको अभियोगमा २ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट सुर्यगडी गाउँपालिका – ४ घर भई हाल काठमाण्डु बनस्थलि बस्ने वर्ष २४ का संजय तामाङ्ग र जिल्ला नुवाकोट तादी गाउँपालिका – ६ घर भई हाल काठमाण्डौ तारकेश्वठर- ६ बस्ने वर्ष ३२ का बुद्धि बहादुर तामाङ् रहेका छन् ।

यी दुवैलाई ट्राफिक प्रहरीले काठमाण्डुकाे तारकेश्वर-६ धर्मस्थलीबाट बा ८९ प ७९६९ नम्वरको कालो, रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल शंकास्पद रूपमा चलाईरहेको अवस्थामा फेलापारी चेक जाँच गर्दा ईन्जिन नम्वर भएको मोटरसाईकलको वास्तविक नं. प्रदेश ३-०२-००२ प ४८०३ खुल्न आएको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

उक्त मोटरसाइकल यही श्रावण १३ गते टोखा नगरपालिका काठमाण्डुको धनेश्वभरबाट हराएको भन्दै खोज तलास गरी पाउँ भनि रसुवा नौकुण्ड गाउँपालिका- ६ घर भएका बर्ष २१ को राममान तामाङ्गले निबेदन यस महाशाखामा दिएका थिए । पक्राउ परेको मोटरसाईकल सहितदुवै जनालाई थप अनुसन्धानको लागी प्रहरी बृत्त,महाराजगंजमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement