आइपीएलमा कमाल देखाइरहेका क्रिस गेल यसरी नाचे सपना चौधरीको गीतमा (भिडियोसहित)


काठमाडौं–तपाईँ क्रिकेटको पारखी हो। त्यसो हो भने पक्कै पनि इन्डिएन प्रिमियर लिग (आइपीएल) नछुुटाइ हेर्नुहुन्छ होला।अहिले आइपीएल क्रिकेटमा मैदानमा आफ्नो ब्याटको कमाल देखाइरहेका छन्, किंग्स इलाभेनका पञ्जाबका खेलाडी क्रिस गेल।

गेलले जारी आईपीएलमा खेलेका तीन खेलमा शानदार प्रदर्शन गरेका छन्। गेल यो आईपीएलमा पहिलो शतक प्रहार गर्ने खेलाडी पनि हुन्। त्यस्तै उनले केकेआरविरुद्ध अर्धशतक प्रहार गरे।

तपाईँलाई थाहा नहुन पनि सक्छ उनी राम्रो डान्स पनि गर्छन्। गेललाई मैदानबाहिर पनि रमाइलो गर्ने खेलाडीका रुपमा चिनिन्छ । उनले अहिले हरियाणाकी डान्सर सपना चौधरीको गीतमा नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ।

सपना चौधरीले आफ्नो इन्स्टाग्राम एकाउण्टमा एउटा भिडियो शेयर गरेकी छिन् । जुन भिडियोमा क्रिस गेल मस्त नाचिरहेका छन्।

गेल सपना चौधरीको हिट गीत ‘तेरी आंख्याका यो काजल’ गीतमा नाचेका हुन् । सपनाले गेल नाचेको भिडियो पोस्ट गर्दै क्याप्सन लेखेकी छिन्, ‘हेर्नुस्, मैले इन्टरनेटमा के पाएँ, क्रिस गेल तपाईँ कुशल नृत्यकार हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement