सहायक वन अधिकृत बीस हजार घुससहित पक्राउ


काठमाडौँ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङका सहायक वन अधिकृत रामज्ञाप्रसाद साह बीस हजार घुस रकमसहित पक्राउ गरेको छ।
आयोगले साहलाई सेवाग्राहीसँग लिँदै गरेको घुस रकमसहित लमहीमा पक्राउ गरेको हो।

जिल्ला प्रहरी प्रमुख एवम् एसपी बेलबहादुर पाण्डेले शुक्रबार दिउँसो लमही बजारको एक पसलबाट साहलाई प्रहरीसहितको अख्तियारको टोलीले पक्राउ गरेको जानकारी दिए।

सहायक वन अधिकृत साह सव वन डिभिजन कार्यालयमा कार्यरत छन्। सप्तहरी निवासी साहलाई अख्तियारको टोलीले नियन्त्रणमा राखेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement