अस्पतालका इञ्जिनीयरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, मुद्दा दायर


काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कार्यरत इञ्जिनीयर प्रदीपकुमार यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ ।

इलेक्ट्रिसिटी सहायक पदमा नियुक्त भएका यादवले इञ्जिनीयर पदमा बढुवा हुने प्रयोजनका लागि पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रणको कार्यालय, कास्कीबाट जारी भएको स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको आयोगले जनाएको छ ।

आरोपी यादवलाई कारवाहीको माग गर्दै आयोगले आइतबार मुद्दा दर्ता गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement