अपराध

एक लाख ७५ हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ

file photo

दमौली – अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले घुस रकमसहित सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र ‘वाइल्ड स्ट्रोङ कन्सल्टेन्सी’का सुमित शाहीलाई पक्राउ गरेको छ ।

dish home

आयोगको पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालका अनुसार सेवाग्राहीबाट एक लाख ७५ हजार घुस लिने क्रममा दुवै जनालाई कार्यालयबाटै पक्राउ गरिएको हो ।

अपरेटर पौडेलसँग मिलेर शाहीले बिचौलियाको भूमिका निभाएका थिए । लमजुङको सुन्दरबजारस्थित खत्रीठाँटी सडकको भुक्तानी दिने सन्दर्भमा बिल पास गराइदिने भन्दै पौडेलले प्रशासनिक खर्च मागेको रिजालले बताउनुभयो । अख्तियारले थप अनुसन्धान अगाडि बढाएको छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top