कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबिच भेटवार्ता

कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबिच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बिहीबार नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबिच भेट भएको हो ।

उनीहरूबिच दिउँसो २:२५ बजेदेखि ३:५० बजेसम्म भेटवार्ता भएको बताइएको छ ।

भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ । भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार–विमर्श भएको बताइएको छ ।