कांग्रेस प्रवक्ता भन्छन्- माओवादीले राष्ट्रपतिमा हामीलाई समर्थन गरे पूर्णकार्यकाल प्रधानमन्त्री दिन्छौं


काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले माओवादी केन्द्र नेतृत्वको सरकारको निरन्तरताका लागि कांग्रेस तयार रहेको बताएका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता महतले सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारलाई समर्थन गरे पूर्णकार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा स्वीकार गर्ने बताएका हुन्।

महतले राष्ट्रपतिमा माओवादीले आफ्ना उम्मेदवारलाई समर्थन गरेको खण्डमा कांग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्नुपर्ने बताएका छन्। अहिलेको परिवेशमा कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुने उनले बताए। संविधान रक्षाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपतिको पद महत्वपूर्ण भएको बताए।

राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम हुनु नै सबैभन्दा उत्तम विकल्प भएपनि राष्ट्रिय सहमतिका लागि सत्तारूढ दल एमाले नमानिरहेको अवस्थामा संविधानको रक्षाधर पार्टीहरू एक भएर कांग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपति पदमा निर्वाचित गर्न महतकाे आग्रह छ।

महतले राष्ट्रपति काँग्रेसको हुने वा नहुने भन्ने कुरा गौण रहेको तर संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्नेकुरा प्रमुख रहेको उनको भनाई छ। राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्नेकुरालाई ध्यान दिन जरुरी रहेको उनको भनाई छ।

उनले भने, ‘अहिलेको परिवेशमा काँग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वभाविक हुन्छ। संविधान रक्षाको कोणबाट हेर्दा पनि त्यो उपयुक्त हुन्छ । किनभने अहिले वर्तमान राष्ट्रपतिले जसरी संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गर्नुभयो, त्यो आगामी दिनमा दोहोरिनु हुँदैन।

प्रतिक्रिया दिनुहोस
Advertisement