प्रधानमन्त्री पद नछोड्ने प्रचण्डको अडान: कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठन गर्नेबारे छलफल

प्रधानमन्त्री पद नछोड्ने प्रचण्डको अडान: कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठन गर्नेबारे छलफल


काठमाण्डु- नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनबारे छलफल हुन थालेको छ । नयाँ सरकार गठनबारे हालको सत्ता गठबन्धनमा सहमति जुट्न नसकिरहेका बेला कांग्रेस र एमालेबीच पनि छलफल भएको हो ।

हालकै सत्ता गठबन्धनको नेतृत्वमा सरकार बन्ने देखिए पनि भागबन्डामा कुरा मिल्न सकेको छैन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा आफूलाई नै प्रधानमन्त्री बनाउनुपर्ने अडान राखेपछि नेपाली कांग्रेसले एमालेसँग सत्ता समिकरणबारे छलफल बढाएको हो ।

नेपाली कांग्रेसका नेताहरुले ठुलो दलको हैसियतमा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने माग राखेका छन् । पहिलो चरणमा आफू नै प्रधानमन्त्री बन्ने दाउ देउवाकाे छ ।पहिलो चरणमा प्रधानमन्त्री पद नछाेड्ने दाउमा रहेका प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरिरहेका छन् ।

प्रचण्डले आफ्नो अडान कायमै राखेपछि देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार गठनबारे टेलिफोन संवाद भएको हो । यदि हालको सत्ता गठबन्धनबीच सरकार गठनबारे सहमति नजुटेको खण्डमा एमाले र कांग्रेस मिलेर सक्ति बाँडफाँड गर्नेबारे देउवा र ओलीबीच कुराकानी भएको जनाइएको छ । तर, प्रचण्ड भने हालको गठन्धन नछोड्ने मनशायमा छन् ।