युएस बंगाल विमान चालककी पत्नीको निधन


काठमाडौँ– गत फागुन २८ गते काठमाडौँमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालककी पत्नीको शुक्रबार विहान मृत्यु भएको छ ।

विमान चालक अविद सुल्तानकी पत्नी अफ्सना खानमको बंगलादेशको राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा मृत्यु भएको हो ।

उनलाई गत आइतबार हर्ट अट्याक भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु शुक्रबार विहान साढे ९ बजे भएको अस्पतालका डाक्टर खुर्शिद मोहम्मदले बंगलादेशी सञ्चार माध्यम द डेली स्टारलाई बताएका छन् ।

मुस्लिम धर्म अनुसार दाहसंस्कार गरिने उनको शव पति अबिदको चिहान नजिकै राखिने परिवारले जनाएको छ । पाइलट अविदले चलाएको जहाज फागुन २८ गते काठमाडौँमा दुर्घटना हुँदा चालक दलका ४ सदस्यसहित ४९ जनाको मृतयु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement