आइतबार २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टी


काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा थप २३८ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ८४५ र एन्टिजेन विधिबाट १ हजार २७८ जनामा परिक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १९ हजार १९ र एन्टिजेनबाट ९५ हजार ३१४ जना पुगेको छ ।

यस्तै, आज थप ३७० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८० हजार ३५९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४९६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १६४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement