पछिल्लो २४ घण्टामा ४४५ संक्रमित थपिए, ५ जनाको मृत्यु


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय १४ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ५९ हजार ७ सय ७२ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १९ लाख ९७ हजार ९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय ३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement