आयरल्याण्डले दियो नेपाललाई १४६ रनको लक्ष्य


काठमाडाैं –  पाँच राष्ट्रको सहभागिता रहेको टी-२० श्रृंखलामा नेपालले आयरल्याण्डबाट  १४६ रनको लक्ष्य पाएको छ ।बुधबार ओमानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै  १४५ रन बनायो । नेपालले आयरल्याण्डको स्कोर ७ रन हुँदा पहिलो सफलता हात पार्‍यो ।

आयरल्याण्डको स्कोर एक सय १२ रन हुँदा नेपालले चौथो विकेट लियो । अभिनाश बोहोराले विल्सनलाई ६ रनमा एलबीडब्लू धरापमा पारे । त्यसको लगत्तै करण केसीले नेपालका लागि चौथो पाँचौ सफलता दिलाए । उनले मार्क अडायरलाई खाता खोल्न नदिँदै आउट गरे । सो बेला आयरल्याण्डको स्कोर एक  ११३ रन थियो ।

आयरल्याण्डलाई एकपछि अर्को रुपम आउट गरेको नेपालले एक  १२२ रन हुँदा सातौं विकेट लिन सपल भयो । नेपालका लागि सन्दीप लामिछाने र अभिनाश बोहोराले दुई-दुई विकेट लिए भने ललित नारायण राजवंशी र करण केसीले १-१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस
Advertisement