दक्षिण कोरियाका पूर्व राष्ट्रपति बाकलाई पक्राउ गर्न अदालतको आदेश


सोल- दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पक्राउ गर्न आदेश दिएको छ । पदमा रहँदा गरेको भनिएका विभिन्न भ्रष्टाचारको आरोपमा अनुसन्धानका लागि पक्राउ गर्न बिहीबार सोलस्थित एक अदालतले आदेश दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१३ सम्म उनी आफ्नो पाँचबर्षे राष्ट्रपतीय कार्यकालमा रहँदा गरेका कार्यहरुमा भ्रष्टाचारजन्य कामकारबाही भएको भन्दै लीलाई पक्राउ गरी हिरासतमा राख्न आदेश गरेको हो ।

उनले आफूमाथि लागेका ती भ्रष्टाचार आरोपहरूमा भने आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । अदालतले भने प्रारम्भिक रुपमा केही प्रमाणहरु पाइएकोले उक्त आदेश दिएको जनाएको छ ।

अदालतले भनेको छ– लीमाथि लागेका आरोपमध्ये केहीमा बलिया प्रमाण पाइएकाले जेलबाहिर रहँदा ती तथ्य नस्ट गर्नसक्ने सम्भावना देखिन्छ । अदालतले यो पक्राउ आदेश जारी गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिने सम्भावना बढेको बताइएको छ ।

दक्षिण कोरियामा केही समययता उच्च पदस्थहरुमा भ्रष्टाचारका विरुद्धमा खोजी अभियान निकै बढेको पाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement