पप गायक दलेर मेहन्दी मानवतस्करीमा दोषी ठहर


काठमाडौं– भारतीय चर्चित पप गायक दलेर मेहन्दी मानवतस्करीको मुद्दामा दोषी ठहर भएका छन्।

पन्जाब प्रान्तको एउटा अदालतले मेहन्दीलाई शुक्रवार दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय सुनाइएको हो। तर उनी तुरुन्तै धरौटीमा रिहा भएका छन्।

प्रहरीले पन्जाबमा उनीविरुद्ध मुद्दा चलाएपछि ३५ जनाले उनलाई ठगीको आरोप लगाएका थिए।

उनीहरूले मेहन्दीले आफूहरूबाट विदेश लगिदिने भनी पैसा लिएको तर नलगेको बताएका थिए।

फैसलाविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्ने मेहन्दीले बताएका छन्।

मेहन्दीसमेत सात जनालाई सन् २००३ मा मानिसहरूलाई पश्चिमी देशहरूमा लग्ने झुठो आश्वासन दिएर ठूलो रकम ठगेको आरोप लागेको थियो।
मेहन्दी सन् १९९० को दशक र सन् २००० को दशकको पूर्वार्धमा एकदम लोकप्रिय थिए। उनलाई विदेशमा पनि मन पराइन्थ्यो।

सन् १९९८ र १९९९ मा उनले दश जना आप्रवासीहरूलाई आफ्नो नृत्यटोलीको सदस्यका भेषमा संयुक्त राज्य अमेरिका लगेर छोडिदिएको बताइएको थियो।

एजेन्सीको सहयोगमा।

प्रतिक्रिया दिनुहोस
Advertisement