डान्सिङ टीभी रियालिटी सो ‘बुगी वुगी’आजदेखि एपीवानमा


काठमाडौं- चर्चित अन्तर्राष्ट्रिय डान्सिङ टीभी रियालिटी सो ‘बुगी वुगी’ अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गतको एपीवान टेलिभिजनबाट प्रसारण हुने भएको छ । ‘बुगी वुगी’का निर्देशक एलिन श्रेष्ठका अनुसार चैत १५ गतेबाट ‘बुगी वुगी’ दर्शकले हेर्न पाउनेछन् ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइजमै पहिलो पटक नेपालमा गायन रियालिटी सो ‘नेपाल आइडल’ निकै लोकप्रिय भएपछि ‘बुगी वुगी’ को सुरुवात भएको छ ।

सुपर–१८ मा पुगेका प्रतियोगीले भव्य, आकर्षक र उच्चतम प्रविधियुक्त स्टुडियोमा नृत्य गर्नेछन् ।

यस सो मा मोडल तथा अभिनेत्री प्रियंका कार्की, अभिनेता दिलीप रायमाझी  र  कोरियोग्राफर कविराज गहतराज निर्णायक मण्डलको भूमिकामा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement