‘दर्द’ लिएर अाइन जयलक्ष्मी जाेशी


धनगढी–जयलक्ष्मी जोशीकाे गजल संग्रह ‘दर्द’ को शनिबार बिमोचन गरिएको छ।

कवि मोतीराम भट्टको १५३ औं जन्म जयन्तीको अवसरमा कैलाली जनपुस्तकालयमा आयोजित कार्यक्रममा उक्त गजल संग्रहको बिमोचन गरिएको हो ।

गजल संग्रहको प्रदेश सांसद डिल्लीराज पन्त र १००८ गौरीशंकरले संयुक्त रुपमा बिमोचन गरेका हुन् । लेखक जयलक्ष्मी जोशीले आफ्नो गजल संग्रहमा सामाजिक परिवेश, महिला माथीको हिंसा, कुरितीका बारेमा गजल मार्फत प्रहार गरेकी छन् । साथै उनको संग्रहमा असफल प्रेमका बारेमा पनि चर्चा गरिएको छ । २०४५ सालमा दुर्गम जिल्ला बझाङमा जन्मिएकी जोशी हाल धनगढी उपमहानगरपालिका ५ मा बस्दै आएकी छन् ।
बिमोचन कार्यक्रममा बोल्दै गजल संग्रहकी लेखक जोशीले ७ नंम्बर प्रदेश राज्यको द«ष्टिमा पछि परेको र समाजमा रहेका कुप्रथाका कारण यहाँका महिलाहरुले भोग्नु परेका पीडाका बारेमा गजल मार्फत चर्चा गरिएको बताईन । उनले यो आफ्नो पहिलो रचना भएको र निकट भविष्यमै मुक्तक संग्रह र उपन्यास पनि प्रकाहनको तयारीमा रहेको बताईन । कैलाली जनपुस्तकालयका अध्यक्ष डाक्टर टिएन जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement