गुल्मीमा शारिरिक सम्बन्धले लियो महिलाको ज्यान


गुल्मी – केही दिनअघि गुल्मीको चन्द्रकोटमा दुई बालिका र एक महिलासहित तीनजनाको विभत्स हत्याको रहस्य खुलेको छ । प्रहरीका अनुसार एक पुरुष र महिला बीचको शाररिक सम्बन्धकै कारण महिला र उनका दुई छोरीहरुको हत्या भएको खुलेको हो ।

हत्या गरिएकी महिला मोरङ्गको साविक कानेपोखरी गाविस वडा नम्वर ३ की थिइन् । उनी पोखरा महानगरपालिका वडा नम्वर २५ स्थित फेदीमा रहेको एक होटलमा काम गर्थिन् ।

उक्त होटल बाग्लुङ्गको गल्कोट नगरपालिका वडा नम्वर ७ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनारको थियो । अझै नाम खुल्न नसकेकी ती महिलासँग उनले शारारिक सम्पर्क राख्दै आएका थिए ।

उनीसहित अर्की महिला पनि उनको होटलमा काम गर्दै आएकी थिइन् । अर्की महिलालाई उनले अर्को होटलमा काम दिइसकेका थिए । अर्की महिलासँगको शारिरीक सम्पर्क राख्दै आएको र ती महिलाले सुनारलाई छाड्न नचाहेपछि उनकी जेठी श्रीमती र पुर्णबहादुर सुनार तनावमा थिए । यही क्रममा घर लगेर राख्छु भन्दै फकाएर उनले शान्तिपुर हुँदै उनलाई ल्याएर आएका थिए ।

पूर्णबहादुर सहित तीनजना पुरुषले हत्या गर्ने योजना बनाएर आएका थिए । सोही अनुरुपम बाग्लुङ्ग र गुल्मीको सिमानामा पर्ने चन्द्रकोट गाउँपालिका वडा नम्वर ३ , हर्राचौरको उर्लेनी भन्ने अनकन्टार भिर जंगलमा ल्याई ती महिला र उनका दुई छोरीहरुको विभत्स हत्या गरेका थिए ।

उनका दुई जुम्ल्याहा छोरीहरु थिए । छोरीको नाम गंगा र जमुना रहेको प्रहरीले जनाएको छ । हत्या योजनाकारमध्ये एक जना फरार भएका छन् । दुईजनामध्ये पुर्णबहादुर सुनार र उनका १६ बर्षीय भतिजा माधव सुनारलाई प्रहरीले पोखरास्थित सोही होटलबाटै पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement