आफैंले पालेको गोरुले हानेर एक वृद्धाको मृत्यु


संखुवासभा – संखुवासभामा गोरुले हानेर एक जनाको मृत्यु भएको छ । जिल्लाको खाँदबारी नगरपालिका—११ हरेलो गाउँमा गोरुले हानेर स्थानीय ७३ वर्षीया वृद्धा फुर्वा शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले जानकारी दिए ।

उनका अनुसार, शनिबार बिहान आफैँले पालेको गोरुले हानेर गम्भीर घाइते भएकी शेर्पाको उपचारको क्रममा जिल्ला अस्पताल खाँदबारीमा नै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement