श्रीमानले बँदेल समात्न थापेको विद्युतीय पासोमा परी श्रीमतीले गुमाइन् ज्यान

श्रीमानले बँदेल समात्न थापेको विद्युतीय पासोमा परी श्रीमतीले गुमाइन् ज्यान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जंगली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ ।

विद्युतीय पासोमा परी गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारी निवासी ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार गए राति करिब १ः३० बजेको समयमा घाइते भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा राति नै चिकित्सकले मृत घोषणा गरेको हो ।

प्रहरी उपरीक्षक बोगटीका अनुसार मृतक भण्डारीका श्रीमान् भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा जंगली जनावर (बँदेल) नियन्त्रण गर्न बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाडेका थिए ।

मृतकका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनाका बारेमा थप अनुसन्धानका लागि प्रहरी टोली बिहानै घटनास्थल पुगिसकेको र अनुसन्धान सुरू गरिसकेको छ ।