भारतका लागी नेपाली राजदूत उपाध्याय राजिनामा दिएर कपिलबस्तुमा चुनाव लड्ने तयारीमा


काठमाडौं–भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजदूतबाट राजिनामा दिने तयारी गरेका छन् । पुर्वमन्त्री समेत रहेका राजदूत उपाध्यायले दशैलगत्तै राजिनामा दिने मानसिकता बनाएको काठमाडौंपाटीसंग बताए ।

 

 

 

 

उनले राजिनामा दिएर राजनितिमा फर्कने तयारी गरेका हुन । उपाध्यायलाई चुनाव लड्न पार्टीका स्थानिय कार्यकर्ताले दबाव दिएका छन् । उनि कपिलबस्तुको क्षेत्र नम्बर १ बाट संसदको चुनाव लड्ने तयारीमा लागेका हुन ।

 

 

 

‘मैले राजनितिमा फर्कन्छु भनेर प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई जानकारी गराईसकेको छु,अव मेरो दिल्लीको मिसन पुरा पनि भयो,छिट्टै काठमाडौं आएर आवश्यक निर्णय लिन्छु ।’ राजदूत उपाध्यायले काठमाडौंपाटीसंग भने । उनले आफु अहिले छलफलकै क्रममा भएको समेत बताए ।

 

 

उनले चुनाव र संविधानको विपक्षमा भएका दलहरु समेत भाग लिएर स्थानिय तहको चुनाव हुनुले नै नेपाल स्थायित्वको बाटोमा लागेको संकेत भएको बताए ।  उनले आफ्नो दिल्ली आउनुको मिसन समेत यसैसंगै पुरा भएको दाबी समेत गरे ।

 

 

 

तत्कालिन कांग्रेस सभापति शुसिल कोइरालाको पालामा उपाध्यायलाई भारतको लागी नेपाली राजदूतको जिम्मेवारी दिइएको थियो । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुदा उनलाई सरकार ढाल्न भुमिका खेलेको आरोपमा राजदूतबाट फिर्ता बोलाइएको थियो ।

 

 

 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुदा  उनलाई फेरी राजदूतको जिम्मेवारी दिइएको थियो । राजदूत उपाध्यायले स्थानिय तहको चुनावको बेला कपिलवस्तु पुगेर पार्टीको प्रचारमा लागेको भन्दै उनको आलोचना समेत भएको थियो ।

 

 

 

दोस्रो संविधानसभाको निर्वाचनको बेला उपाध्याय कपिलवस्तुबाट पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement