बालुवाटार बैठकः पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन देउवा सकारात्मक


काठमाण्डु- सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताहरुको बैठक सकिएको छ । बिहीबार बालुवाटारमा सत्ता गठन्धनका शर्ष नेताहरु बैठकमा नयाँ सरकार गठनबारे छलफल भएको हो ।

आजको छलफलमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागि थिए ।

त्यस्तै आजको बैठकमा प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदको बाँडफाँट गरेर नयाँ सरकार गठन गर्नेबारे छलफल भएको जनाइएको छ । त्यस्तै आजको छलफलमा प्रचण्डले आफुलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन देउवासँग प्रस्ताव राखेका थिए ।

स्रोतका अनुसार पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन देउवा सकारात्मक रहेका छन् । तर, प्रचण्डको प्रस्तावमा देउवाले ठोस जवाफ भने नदिएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement