धरानबाट २१ क्विन्टल गाँजा बरामद, ट्रक चालक फरार

धरानबाट २१ क्विन्टल गाँजा बरामद, ट्रक चालक फरार


काठमाण्डु– सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट सशस्त्र प्रहरीले करीव २ हजार १ सय ३० किलोग्राम गाँजा नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानले सोमबार उक्त गाँजासहित ट्रक नियन्त्रणमा लिएको हो ।

भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा राखी ल्याउँदै गरेको ७० बोरा गाँजा तथा ३१ बोरा अदुवा र तरकारीसहितको ट्रक विशेष सूचनाको आधरमा नियन्त्रणमा लिएको हो । गाँजा ल्याउने व्यक्ति तथा ट्रकका चालक भने फरार रहेका छन् ।

बरामद गाँजा तथा तरकारी र ट्रक आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाउने प्रक्रियामा रहेको छ ।