अाेली-प्रचण्ड विचकाे वार्ता विना निष्कर्ष टुङ्गियाे, यसकारण टुंगिएन विवाद


काठमाडाैँ- पार्टी एकताको गाँठो फुकाउन प्रधानमन्त्री निवास वालुवाटारमा विहान ९ बजेदेखि झण्डै ३ घण्टा भएकाे गाेप्य छलफल विना निष्कर्ष टुङ्गिएकाे छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपि शर्मा अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको वार्ता विना निष्कर्ष टुङ्गिएकाे हाे ।

जनयुद्धलाई हेर्ने दृष्टिकोण, चुनाव चिन्ह र पदीय बाँडफाँटका विषयमा समान दृष्टिकोण बनाउन ओली र प्रचण्ड वार्तामा जुटेका थिए। एकता संयोजन समितिको ४ बैशाखको बैठकले विवादित विषय टुङ्ग्याउने जिम्मा ओली र प्रचण्डलाई दिए बमोजिम उनीहरुबीच आज वार्ता भएको हो।

९ वैशाखमै पार्टी एकता गर्ने तयारी गरे पनि दुई पार्टीबीच वैचारिक र सांगठनिक विषयका केही महत्वपूर्ण सवालमा सहमति जुट्न सकेको छैन । सहमति नजुटेकै कारण नेताहरूले ९ वैशाखको एकता घोषणा केही पर सारेका छन् । दुई शीर्ष नेताबीच विवादित विषयमा सहमति जुटेपछि मात्र एकता संयोजन समितिको बैठक बोलाउने निर्णय ४ बैशाखमा भएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement