सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु


काठमाण्डु – छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । स्याङ्जा, भिरकोट नगरपालिका-१ दार्सिङमा ग.१ क ४३७० नम्बरको बस र ग.१३ प २८१४ नम्बरको मोटरसाइकल  एकआपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार वालिङ नगरपालिका-१ रामबाच्छा बस्ने ५५ वर्षीय ढाल बहादुर राना र कपिलबस्तु घर भएका ३१ वर्षीय ध्रुव भन्ने गुप्त बहादुर खत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८ भोर्लेमा ना.३ त ३९२६ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१७ बस्ने अन्दाजी २९ वर्षीया शर्मिला विश्वकर्माको शुक्रबार साँझ घट्नास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement