छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु


काठमाण्डु – छुट्टाछुट्टै सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । काठमाण्डु चन्द्रागिरी नगरपालिका-१३ नैकाप मितेरी चोकमा बा.९३ प ७०६१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाण्डु बालाजु घर भएका ४० वर्षीय राम महर्जनको शनिबार बिहान मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङ, उर्लावारी नगरपालिका-४ स्थित सडकमा को.१७ प १०६३ नम्बरको मोटरसाइकललाई मे.१ च ४३१९ नम्बरको पिकअपले शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार बिराटनगर महानगरपालिका-१ बुद्दचोक बस्ने ४८ वर्षीय धन बहादुर
अधिकारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बिराटनगर महानगरपालिका-३ बस्ने ४३ वर्षीय कुमार गेलालको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिया, बासगढी नगरपालिका-३ स्थित सडकमा ना.६ ख ४९०० नम्बरको ट्रकले भे.१ प ८७४३ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिंदा मोटरसाइकलमा सवार ठाकुरबाबा नगरपालिका-९ बस्ने ४० वर्षीया लाली थारूको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक मृतकका श्रीमान ५२ वर्षीय सरमजी थारुलाई उपचारको लागि कोहलपुर बाँकेतर्फ पठाइएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गुल्मी, मदाने गाउँपालिका-७ भनभनेमा लु.३ त ६८९६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय नेत्र बहादुर घर्तीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङजा, भिरकोट नगरपालिका-३ सान्दीस्थित भित्री कच्ची सडकमा ग.१ त ५६३७ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २० वर्षीय बिपिन जिटीको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका सोही ट्याक्टरमा सवार १७ वर्षीय किशोरलाई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जातर्फ लगिएको छ ।

पर्वत, बिहादी गाउँपालिका-२ रास्कोटमा ध.१ त ३५३ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी २५ मिटर तल खसेर शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार बिहादी गाउँपालिका-२ बस्ने १२ वर्षीय निखिल परियारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा
घाइते भएका ट्याक्टरमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया दिनुहोस
Advertisement