जनतालाई जति ग्यास आवश्यकता छ, त्यति दिनैपर्छ : मन्त्री साह

जनतालाई जति ग्यास आवश्यकता छ, त्यति दिनैपर्छ : मन्त्री साह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले जनतालाई आवश्यक भए जति ग्यास दिनुपर्ने बताएका छन् ।

बिहीबार सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले ग्यास अभावको विषयमा छलफल गर्ने बताए ।

‘ग्यासको विषयमा छलफल गर्छौं । जनतालाई जति आवश्यकता छ, त्यति दिनैपर्छ,’ उनले भने ।

मन्त्री साहले मन्त्रालयमा विगतमा के–के काम भयो भन्ने विषयमा बुझ्न आवश्यक रहेको बताए । उनले विगतको कुरा बुझेरै अघि बढ्ने बताए ।

उनले भने, ‘विगतमा के–के भयो भन्ने विषयमा बुझेर अगाडि बढ्दा राम्रो होलाजस्तो लाग्छ । म नेपाली जनताप्रति नतमस्तक छु । सभापति र प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहन्छु । राष्ट्र पहिलो नारासहित हामी काम गर्छौं ।’