कैलालीमा नक्कली भारतीय रुपैयाँ सहित दुईजना पक्राउ


कैलाली –नक्कली भारतीय रुपैयाँ सहित प्रहरीले कैलालीमा दुईजना भारतीय नागलाई पक्राउ गरको छ । शनिबार कैलालीको कैलालीको धनगढी उपमहानगरपालिका–१ बाट ४० हजार ९ सय नक्कली भारतीय रुपैयाँसहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारत, लखिमपुरका श्रवण सिंह र सुरजित सिंह रहेका छन् ।

पक्राउ पर्नैमा भारत, लखिमपुरका श्रवण सिंह र सुरजित सिंह रहेका छन् । उनीहर सुन खरिद गर्ने उद्देश्यले नक्कली नोटसहित धनगढी आएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनिहरुको साथबाट महात्मा गान्धीको फोटो भएको 6BW81760 नम्बर उल्लेख १०० दरका नक्कली नोट ९४ थान बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, महात्मा गान्धीको फोटो भएको ६८ डब्लु ८१७६१ नम्बर उल्लेख १०० दरका नक्कली नोट २० थान, महात्मा गान्धीको फोटो भएको६ बिडब्लु ८१७६२ नम्बर उल्लेख १०० दरका नक्कली नोट ९४ थान, महात्मा गान्धीको फोटो भएको६ बिडब्लु ८१७६३ नम्बर उल्लेख १०० दरका नक्कली नोट ८६ थान र महात्मा गान्धीको फोटो भएको६ बिडब्लु ८१७६४ नम्बर उल्लेख १०० दरका नक्कली नोट ११५ थान बरामद गरिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement