कपिलवस्तुमा अवैध लागूऔषध सहित एकजना पक्राउ


काठमाडौं – कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ बसपार्कस्थित बाणगंगा नगरपालिका-११ बस्ने२० वर्षीय बिशाल नेपालीलाई अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । उनलाई अवैध लागूऔषध ब्राउनसुगर ३ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको नेपालीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थितबाट सुनसरी धरान उपमहानगरपालिका- ६ घर भएका ३१ वर्षीय पूर्ण थापा मगरलाई नियन्त्रित लागूऔषध डाईजेल्याब १ सय एम्पुल, लुप्रिजेसिक ९९ एम्पुल, एभिल ८६ एम्पुल र फेनारगन २४ एम्पुल सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको लागूऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको साईकलयात्री मगरले चिनी, चना, पास्ता र जिरा लगायतका सामानमा उक्त लागूऔषध लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement