चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष कृष्ण गिरीले २० करोड घुस मागेः दुर्गा प्रसाईं


काठमाडौं – बीएन्डसी मेडिकल कलेजका सञ्‍चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. कृष्ण गिरीले २० करोड घुस मागेको खुलासा गरेका छन् ।

झापाको बिर्तामोडमा सञ्‍चालित बीएन्डसी कलेजको सबन्धनका लागि चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. गिरीले २० करोड घुस मागेको आरोप लगाएका हुन् ।

उपाध्यक्ष गिरीसँग मंसिर १५ मा द्धारिका होटलमा भेट भएको थियो । ‘ममाथि माथिकालाई पनि रकम बुझाउनुपर्छ भन्दै २० करोड मागियो’, उनले भने, ‘मेरो कलेज गएर अनुगमन गरोस्, पूर्वाधार पुगेको छैन भने सम्बन्धन नदिओस् ।’

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरेर प्रसाईले सबै मापदण्ड पूरा गर्दा पनि आफ्नो कलेजलाई सरकारले मेडिकल शिक्षाका लागि सम्बन्धन नदिएको भन्दै अदालत जाने चेतावनी दिएका छन् ।

‘मैले सबै मापदण्ड पूरा गरिसकेको छु’, उनले भने, ‘पुस मसान्तसम्ममा सम्बन्धन नदिएमा म अदालत जान्छु । सरकारले कलेज कि किनोस कि सम्बन्धन देओस्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement