भूकम्प गयो


बाग्लुङ – बाग्लुङमा शुक्रवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान सबेरै ३ बजेर ५१ मिनेटको समयमा ४ दशमलव ५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुश गरिएको थियो । पछिल्लो पटक कात्तिक ११ गते मुगु केन्द्रविन्दु बनाएर ४ दशमलव म्याग्निच्यूडको भूकम्प गएको थियो ।

त्यसअघि, कात्तिक ५ गते उदयपुर केन्द्रविन्दु भएर ४ दशमलव १ तथा कात्तिक ४ गते ताप्लेजुङमा ४ दशमलव २ म्याग्निच्यूडको भूकम्पको धक्का महसुश गरिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement