शिक्षामन्त्री पोखरेल काँग्रेस सांसदको घेराबन्दीमा


काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण संसदको प्रतिनिधिसभा बैठक फेरी स्थगित भएको छ । सभामुख कृष्ण बहादुर बहराले मंगलबार पहिलोपटक १५ मिनेटको लागि स्थगित गरेको संसद बैठक काँग्रेस सांसदले बिथोलेपछि फेरि १५ मिनेटकै लागि स्थगित गरिएको छ।

संसदमा उग्र रुपमा प्रस्तुत हुँदै आएको छ । आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका तनहुँ र बाँकेमा सञ्चालित अस्पताललाई सरकारले केन्द्र सरकारको मातहतमा नराखी विघटनको प्रक्रियामा अघि बढाएको भन्दे कांग्रेसले सदन चर्काउने नीति लिएको हो ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि कांग्रेस सांसदहरुले सरकारले दुईतिहाईको दम्भ देखाएको भन्दै सदनमा चर्को नाराबाजी गरेका थिए । कांग्रेस सांसद गगन थापा, मिनेन्द्र रिजाल, अमरेशकुमार सिंह, विजयकुमार गच्छदारलगायतका सांसदहरु आ–आफ्नो सिटबाट उठेर रोष्टम घेराउ गर्न पुगेका थिए । सभामुख कृष्णबहादुर महराको पटक–पटकको आग्रहलाई लत्याउँदै उनीहरुले रोष्टमअगाडि उभिएर सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

सभामुख महराले कांग्रेस सांसदले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराएकाले आसनग्रहण गर्न आग्रह गरे पनि सांसदले सभामुखको आग्रहलाई बेवास्ता गर्दै सदनमा चर्को नाराबाजी गरेका थिए । त्यसक्रममा मर्यादापालक र कांग्रेस सांसदहरुबीच ठेलाठेल भएको थियो । १५ मिनेट स्थगित भएर पुनः सुचारु भएको बैठकमा नेकपा र कांग्रेस सांसदबीच धकेलाधकेल भएको थियो ।

सभामुख महराले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विधेयक पेश गर्न अनुमति दिएका थिए । त्यसअघि वेलमा पुगिसकेका कांग्रेस सांसदले मन्त्री पोखरेललाई रोक्न खोजेपछि धकेलाधकेल भएको हो ।

मन्त्री पोखेरललाई रोष्ट्रमसम्म लैजान नेकपा प्रमुख सचेतक देव गुरूङ र सांसद खगराज अधिकारी सँगैआएका थिए । कांग्रेस सांसदहरूले मन्त्री अधिकारीलाई रोक्न खोजेपछि दुई पक्षबीच धकेलाधकेल भएको हो । धकेला धकेलमा नेकपाका अरू सांसद पनि सहभागी भएका थिए । उनीहरुले मन्त्री पोखरेललाई रोष्टममा जान नदिन कब्जामा लिने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement