अल सिसी पुनः इजिप्टको राष्ट्रपति निर्वाचित


एजेन्सी– इजिप्टको राष्ट्रपतिमा अब्देल फताह अल सिसी पुनः निर्वाचित भएका छन् । बिहीबार सार्वजनिक मत परिणाम अनुसार अलसिसीले खसेको सदर मतको ९२ प्रतिशत मत प्राप्त गरेका थिए ।

राष्ट्रपतिका लागि सोमबार शुरु भएको निर्वाचन तीन दिनका दिन बुधबार सम्पन्न भएको थियो । निर्वाचनका लागि दर्ता भएका छ करोड मतदातामध्ये दुई करोड ३० लाख मतदाताले मतदानमा भाग लिएका थिए ।

राष्ट्रपतिको प्रतिस्पर्धीका रूपमा माउसा मुस्तफा माउसा एकमात्र प्रतिस्पर्धी रहेको थिए तर उनले अलसिसीको तुलनामा निकै कम मत ल्याएको सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement