६ घण्टा बन्द हुँदा फेसबुकले गुमायो ५.९ अर्ब डलर, जुकरबर्ग अर्बपतिको सूचीबाट एक स्थान तल झरे


काठमाण्डु – सामाजिक सञ्जाल फेसबुक तथा यसको अन्य एप इन्स्टाग्राम, ह्वाट्सएप तथा मेसेन्जर जस्ता सेवा करिब ६ घण्टा बन्द हुँदा मार्क जुकरबर्गको सम्पत्तिमा ५.९ बिलियन डलरको गिरावट आएको छ ।

फेसबुक डाउन हुँदा जुकरबर्गको सम्पत्ति घटेर ११७ बिलियन डलर पुगेको हो । अब जुकरबर्ग फोब्र्स म्यागजिनको अर्बपतिको सुचीमा छैटौँ स्थानमा झरेका छन्।

योसँगै जुकरबर्ग विश्वकै अर्बपतिको सूचीबाट एक स्थान तल झरेका हुन्। फेसबुककी कार्यकारी सेरिल स्यान्ड्बर्गको सम्पत्ति पनि १.९ बिलियन डलरले घटेको छ ।

सोमबार बेलुकादेखि मंगलबार बिहानसम्म फेसबुक तथा यसको अन्य एपमा करिब ६ घण्टा समस्या आएको थियो । फेसबुकले प्रारम्भिक रुपमा यस समस्याबारेमा बोलेको छ ।

फेसबुकले आफ्नो राउटरमा गलत सेटिङ्ग भएको कारणले यो समस्या आएको जानकारी दिएकाे छ । सोमबार बेलुका आएको समस्यापछि फेसबुकले ट्वीटरमार्फत यसबारेमा जानकारी दिएको थियो । फेसबुक यो समस्या सन् २०१९ देखि यताकै सबैभन्दा ठूलो समस्या हो । सन् २०१९ मा फेसबुक १४ घण्टा बन्द भएको थियो । 

प्रतिक्रिया दिनुहोस
Advertisement