जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ


सुनसरी – जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् ।  गढी गाउँपालिका-१ मधेली बस्ने २६ वर्षीय कलाम भन्ने कलामदिन मियाँलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

२०७६ बैशाख ३ गते सुनसरी बस्ने १४ वर्षीया बालिकालाई दुहबी नगरपालिका-९ सप्तरियाटोल जंगलमा लगि जबरजस्ती करणी गरी फरार रहेका मियाँलाई खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले दुहबी नगरपालिका(१ प्रास्टोकीबाट फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement