अन्तरास्ट्रिय

फिडेल क्यास्ट्रोका छोरा एन्जलद्वारा आत्महत्या

काठमाडौं– क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले आत्महत्या गरेका छन्।

Dish Home

क्युवाको सरकारी पत्रिका ग्रान्माका अनुसार ६८ वर्षीय एन्जलले हवानस्थित आफ्नै घरमा बिहीबार बिहान आत्महत्या गरेका हुन्।

चिकित्सकको निगरानीमै रहेका बेला उनले आत्महत्या गरेका हुन्। केही महिनादेखि डिप्रेसनको शिकार बनेका एन्जल उनको अस्पतालमा उपचार गराइएको थियो।

तर, पछिल्लो समय चिकित्सकहरुको समूहले उनको घरमा उपचार गर्दै आएको थियो।

तत्कालीन सोभियत संघमा विज्ञान विषय लिएर पढेका फिडेलीटो आणबिक भौतिकशास्त्री हुन्। उनले क्युबा सरकारको सल्लाहकारको रुपमा समेत काम गरेका थिए।

क्युबाली क्रान्तिको नायक उनका पिता फिडेल क्यास्ट्रोको सन् २०१६ नोभेम्बरमा निधन भएको थियो।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top