नयाँ सचिवको पर्खाइमा अर्थ मन्त्रालय, गोविन्द कि माहादेव ?

नयाँ सचिवको पर्खाइमा अर्थ मन्त्रालय, गोविन्द कि माहादेव ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले अर्थ मन्त्रालयमा नयाँ सचिव पठाउने भएको छ ।

मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई सरुवा गरेर अर्थमा नयाँ सचिव पठाउनेबारे प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच छलफल चलिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्द बहादुर कार्की वा राष्ट्रपति कार्यालयका सचिव माहादेव पन्थमध्ये १ जनालाई अर्थसचिव बनाउनेबारे उच्चस्तरमा छलफल चलिरहेको स्रोतले जनाएको छ ।

अर्थसचिव उपाध्यायले समेत स्वेच्छाले सरुवा मागेकाले नयाँ विकल्पको खोजी सुरु भएको छ । प्रधानमन्त्री र अर्थमन्त्रीले छलफल गरेर २–३ दिन अर्थसचिव सरुवाको निर्णय हुने स्रोतले जनाएको छ ।