विश्वकप फुटबल : अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्याण्ड बाहिरियो

विश्वकप फुटबल : अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्याण्ड बाहिरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्विट्जरल्याण्डलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। अतिरिक्त समयमा थप गोल गर्दै स्विट्जरल्याण्डविरुद्ध ३–१ गोलले अर्जेन्टिना विजयी भएको हो।

खेलको सुरुवाती पाँच मिनेट स्विट्जरल्यान्डले अर्जेन्टिना विरुद्ध दबाब बनाएको थियो। त्यसपछि भने अर्जेन्टिना आफ्नो लयमा फर्कियो। खेलको १० औं मिनेटमा अर्जेन्टिनाले अग्रता बनायो। लियोनल मेसीले प्रहार गरेको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले हेडरमार्फत गोल गरेका थिए।

११२ औं मिनेटमा जुलियन अल्भारेज गोल गरेपछि स्विट्जरल्याण्डविरुद्ध अर्जेन्टिना २–१ गोलले अगाडि रहेको थियो।
त्यसअघि, अर्जेन्टिनाविरुद्ध स्विट्जरल्याण्डले गोल फर्काएपछि खेल बराबरी गोलमा टुंगिएको थियो। त्यसपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो।

सुरुवाती अग्रता लिँदै खेलिरहेको अर्जेन्टिनाविरुद्ध स्विट्जरल्याण्डले गोल फर्काएर खेललाई बराबरीमा ल्याएको थियो। खेलको ६७औं मिनेटमा डान एनडोयेले स्विट्जरल्याण्डका लागि गोल फर्काएका थिए।

यसअघि, खेलको १० औं मसिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै, खेलको ७२ औं मसिनेटमा ब्रेल एम्बोलोले रेड कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।

अब सेमिफाइनलमा अर्जेन्टिनाको भेट इंग्याल्ण्डसँग हुने छ ।