गण्डकीमा माओवादी केन्द्रका दुई जना मन्त्रीले दिए राजीनामा

गण्डकीमा माओवादी केन्द्रका दुई जना मन्त्रीले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ नेतृत्वमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिएका हुन् ।

बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएपछि उनीहरुले केहीबेर अघि मुख्यमन्त्री गुरुङलाई राजीनामा बुझाएका हुन्
।

प्रदेशसभा बैठकलाई सम्वोधन गर्दै चुमानले पछिल्लो राजनीतिक परिस्थितिका कारण सरकारबाट बाहिरिनु परेको बताए ।