५० हजार घुससहित दुई प्रहरी पक्राउ


सर्लाही – सर्लाहीमा घुस रकमसहित दुई प्रहरी पक्राउ परेका छन् । जिल्लाको ब्रह्म्पुरीबाट व्यापारीसँग ५० हजार रुपैयाँ घुस लिँदालिँदै प्रहरी नायब निरीक्षक (सई) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनीहरुलाई आयोगको बर्दिबास महोत्तरीको टोलीले मंगलबार पक्राउ गरेको हो । भारतीय बजारबाट समान ओसारपसार गर्न सहज बनाइ दिने भन्दै उनीहरुले व्यापारीबाट ५० हजार रुपैयाँ घुस असुलेका अख्तियारले जनाएको छ ।

उनीहरु दुबै प्रहरी चौकी ब्रह्म्पुरीमा कार्यरत थिए । पक्राउपछि दुबैलाई थप अनुसन्धानको लागि अख्तियारको केन्द्रीय कार्यालय टंगाल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement